निर्वाचनका लागि सरकारद्वारा २० अर्ब बिनियोजन, सुरक्षामा मात्रै १० अर्ब बढी खर्च हुने – Nepal Press

निर्वाचनका लागि सरकारद्वारा २० अर्ब बिनियोजन, सुरक्षामा मात्रै १० अर्ब बढी खर्च हुने

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको चुनावलाई सरकारले २० अर्ब ४ करोड ८३ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । अर्थ मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सो रकमको स्रोत सुनिश्चित भएको जनाएका छन् ।

उनका अनुसार चुनावका लागि छुट्याइएको बजेट स्रोत सुनिश्चित भएपछि बिनियोजन भए सरह नै हुनेछ । निर्वाचन आयोगलाई १० अर्ब रुपैयाँ बिनियोजन गरिएको छ । यस्तै निर्वाचनको सुरक्षाका लागि १० अर्ब ४ करोड ८३ लाख रुपैयाँ बजेट छुट्याइएको छ । निर्वाचन सुरक्षातर्फ गृहमन्त्रालय/जिल्ला प्रशासन कार्यालयहरु, इलाका प्रहरी कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलमार्फत सो खर्च हुनेछ ।

त्यस्तै रक्षा मन्त्रालय अर्थात नेपाली सेना, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय राष्ट्रिय अनुसन्धान विभागमार्फत निर्वाचन सुरक्षाका लागि छुट्याइएको बजेट खर्च हुनेछ । निर्वाचन सुरक्षाका लागि गृहमन्त्रालय मातहतका निकायका लागि ९ अर्ब १ करोड ३७ लाख रुपैयाँ, नेपाली सेनाका लागि ९७ करोड ७३ लाख रुपैयाँ र राष्ट्रिय अनुसन्धान विभागलाई ५ करोड ७३ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ । प्रतिनिधी र प्रदेशसभा निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताले मतदान गर्ने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर