रामचन्द्र पौडेललाई भोट माग्दै प्रचण्डले भने : उहाँले देशको नेतृत्व गर्ने सम्भावना छ (भिडिओ) – Nepal Press

रामचन्द्र पौडेललाई भोट माग्दै प्रचण्डले भने : उहाँले देशको नेतृत्व गर्ने सम्भावना छ (भिडिओ)

‘ओलीसँग भोट माग्ने नैतिक अधिकार छैन’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्ने नैतिक अधिकार नभएको बताएका छन् ।

तनहुँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले राजावादीहरुको गठबन्धनको नेतृत्व गरेको बताए । दुई तिहाई बहुमत ल्याउँदा पार्टी र संसद विघटन गर्नेले मत माग्न आउनै लाज मान्नुपर्ने टिप्पणी गरे ।

उनले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भोट माग्दै गठबन्धन निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताए ।

उनले भने, ‘रामचन्द्रजीको एउटा इच्छा हामी सबैलाई थाहा छ । एकचोटी देशको कार्यकारीको ठाउँमा पुग्ने उहाँको इच्छा छ । उहाँलाई तपाईंहरुले ढुक्कसँग जिताउनुभयो भने त्यो सम्भावना बढ्यो । उहाँ भोलि देशको नेतृत्व लिनसक्ने नेता हुनुहुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर