पैसाको राजनीति अन्त्य रसुवाका छोवाङ तेन्जिङको मुख्य चुनावी मुद्दा – Nepal Press

पैसाको राजनीति अन्त्य रसुवाका छोवाङ तेन्जिङको मुख्य चुनावी मुद्दा

रसुवा । काठमाडौं नजिकै रहेर पनि हिमाली जिल्ला रसुवाको चुनावी चहलपहल ओझेलमा छन् । यहाँ पैसा हुनेले चुनाव जित्ने परम्परा स्थापित भएकाले पनि यसपटक पैसा हुने र नहुनेबीचको प्रतिस्पर्धा पेचिलो बन्दैछ ।

अघिल्लोपटक दुई ठूला ठेकेदार कांग्रेसका मोहन आचार्य र एमालेका जनार्दन ढकालबीचको प्रतिस्पर्धामा आचार्यको पैसाले काम गरेको थियो । यसपटक ढकाल थप पैसा खर्च गर्ने सामथ्र्य नभएपछि आफैं साइड लागे र एमालेबाट पूराना स्थापित तर पैसामा भने आचार्यको छेउमा पनि पर्न नसक्ने छोवाङ तेन्जिङ तामाङ उम्मेदवार बनेका छन् ।

रसुवा थोरै जनसंख्या भएको जिल्ला हो । चुनावमा जसले बढी पैसा खर्च गर्न सक्यो उसले जित्ने मानक परिवर्तन गर्ने भन्दै छोवाङ जनताबीच गइरहेका छन् धुन्चेका छोवाङसँग पैसा नभए पनि मतदाताको सहानभूति भने देखिएको छ ।

अहिलेको निर्वाचन गरिखाने र हुनेखाने विचको लडाइ भएकाले रसुवाका जनताले मायां गरेर आफूलाई उनको विश्वास छ ।
छोवाङ भन्छन्- रसुवा जिल्लामा हुंदै आएको पैसाको राजनीति अन्त्य गर्नु नै मेरो मुख्य चुनावी एजेण्डा रहेको छ । रसुवामा विभिन्न पार्टीभित्र पुँजिपतिले मात्र राजनीति गर्न सक्ने अरु पलायन हुने अवस्था आयो । यहाँका किसान, तथा राजनीतिक पृष्ठभूमिबाट आएका व्यक्ति ताथ जनताको छोरा राजनीतिमा आउन सक्ने बनाउनु छ ।

अहिले पनि मतदाता संग भेटघाट, भेला, घरदैलोमा व्यस्त रहेका उनले रसुवामा निर्माणकार्य भएका र भविष्यमा समेत निर्माण हुने जलविद्यतु कम्पनीको शेयर जिल्लाबासीलाई न्यूनतम् १० प्रतिशत शुनिश्चितता गर्ने, स्थानीय सीप र क्षमताको आधारमा रोजगारी सृजना गर्ने, अन्तर्राष्ट्रिय रसुवागढी नाकालाई सहज रुपमा सञ्चालनको पहल गर्ने विषयलाई चुनावको एजेण्डा बनाएका छन् ।

आफू निर्वाचित भएपछि प्रत्येक घरधुरीलाई ५० युनिटसम्म विद्यतु उपभोग गर्दा निःशुल्क गर्न पाउने वातावरण सुनिश्चित गर्ने उनले बताएका छन् । उनले ६० वर्ष भन्दामाथि उमेर समूहका जनताको निःशुल्क नियमित स्वास्थ्य परीक्षण तथा औषधी वितरण गर्ने, भूकम्पपछि पुनर्निर्माण हुन बाँकी रहेको जिल्ला अस्पतालसहित स्वास्थ्य केन्द्रहरुको आधुनिक र सुविधा सम्पन्न भवन तथा भौतिक पूर्वाधार निर्माण गर्ने योजना रहेको पनि बताएका छन् ।

उनका चुनावी एजेण्डामा लाङटाङ पदमार्ग, गोसाइकुण्ड पदमार्ग र तामाङ सम्पदामार्गलाइ थप सुधार र व्यवस्थापन गरी धेरै भन्दा धेरै पर्यटक भित्र्याउने समेटिएका छन् । धुन्चेदेखि गोसाइँकुण्डसम्म केवलकार निर्माण र सञ्चालनको लागि आवश्यकपहल गर्ने विकासका योजना उनले अघि सारेका छन् ।

उनले प्रत्येक घरमा स्वच्छ र सफा खानेपानीको सहजपहुँच पुर्याउने, रैथाने बालीको संरक्षण गर्दै जिल्लाको भुगोलअनुसार उत्पादन हुने तरकारी तथा फलफूलहरु उत्पादनमा प्रवर्द्धन र बजारीकरण गर्ने, भेडा, चौरी, बाख्रापालन कार्यक्रमलाई व्यवसायिक बनाउने र कृषक सहयोग कार्यक्रम सञ्चालन गर्ने, उच्च हिमाली क्षेत्रमा पाइने बहुमुल्य जडिबुटीहरु चिराइतो, सतुवा, ठूलो औषधि, पाखनवेद, पाँचऔंली, कुड्की निर्मसी, धसिंग्रे प्रसोधनको स्थपना गर्ने योजना पनि अघि सारेका छन् ।

एमालेको जिल्ला अध्यक्ष भइसकेका उनी यसअघि समानुपातिक सूचीमा पनि थिए । जिल्लामा यसपटक पनि गठबन्धनबाट नेपाली कांग्रेसका ए क्लासका ठेकेदार मोहन आचार्य नै प्रतिस्पर्धी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर