आजको मौसम : केही स्थानमा सामान्य वर्षा र हिमपातको सम्भावना – Nepal Press

आजको मौसम : केही स्थानमा सामान्य वर्षा र हिमपातको सम्भावना

काठमाडौं । आज तीन वटा प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना देखिएको छ ।

प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही तथा बाँकी ठाउँको मौसम सफा छ ।

दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी ठाउँको मौसम सफा रहनेछ ।

सुदूरपश्चिम, कर्णालीलगायतका केही प्रदेशका हिमाली भूमागमा हिमपातको पनि सम्भावना रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *