गोरखामा राजेन्द्र बजगाईका ३० प्रतिबद्धता- हेलिप्याड बनाउनेदेखि निषेधित मनास्लु खुलाउनेसम्म – Nepal Press

गोरखामा राजेन्द्र बजगाईका ३० प्रतिबद्धता- हेलिप्याड बनाउनेदेखि निषेधित मनास्लु खुलाउनेसम्म

पोखरा । गठबन्धनबाट गोरखा क्षेत्र नम्बर १ को प्रतिनिधि सभाका उम्मेदवार बनेका नेपाली कांग्रेसका युवा नेता राजेन्द्र बजगाईले ३० बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।

मतदातासमक्ष आफूलाई जिताउनुपर्ने आधार र कारणसहित उनले नेतृत्वले अनुयायी होइन नेतृत्व नै उत्पादन गर्नुपर्ने भन्दै आफूले पार्टीका समर्थकलाई कार्यकर्ता नभनी साथी भन्न रुचाएको बताएका छन् ।

बजगाईले आफूले जितेमा चुनाव लगत्तै गोरखा १ को समग्र विकासका लागि गाउँ बस्तिको समस्या र सम्भावनाको पहिचान तथा अध्ययन गर्न विज्ञ टोली परिचालन गर्ने बताएका छन् ।

त्यस्तै बजगाईले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको सुनिश्चितताको लागि पहल गर्ने र त्यसअघि बेनिघाट–आरुघाट सडक स्तरोन्नतिको पहल गर्ने आश्वासन दिएका छन् ।

उनले हेलिकप्टरबाट पनि उद्धार गर्न कठिन दुर्गम बस्तीका ठाउँ पहिचान गरी कम्तिमा घना बस्ती र वडाहरुमा हेलिप्याड निर्माण गर्ने प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

पर्यटन व्यवसायी समेत रहेका बजगाईले पर्यटनसँग सम्बन्धित विषयलाई प्रतिबद्धतापत्रमा प्राथमिकता दिएका छन् । उनले निषेधित मनास्लु क्षेत्र खुल्ला गर्ने र पर्यटकको गोरखा बसाई लम्ब्याउन बैकल्पिक पदमार्गहरु निर्माण गर्ने समेत बताएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर