चन्द्रागिरीको नाफा १ करोड नाघ्यो – Nepal Press

चन्द्रागिरीको नाफा १ करोड नाघ्यो

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले तीन महिनामा १ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बिबरण अनुसार साउन देखि असोज मसान्तसम्ममा कम्पनीले १ करोड ३१ लाख ७ हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको यसैअवधिमा चन्द्रागिरीले २ करोड ३७ लाख ३१ हजार रुपैयाँ घाटा व्यहोरेको थियो ।

यसले असोज मसान्त सम्म १८ करोड ६४ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा उक्त आम्दानी ११ करोड १ लाख रुपैयाँ रहेको थियो । कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ छ ।

जगेडा कोष भने अझै पनि ३८ करोड १३ लाख रुपैयाँले ऋणात्मक रहेको छ । यसको प्रतिसेयर आम्दानी ८५ पैसा छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ ७५ रुपैयाँ १४ पैसा रहेको छ । अहिले पुँजी बजारमा चन्द्रागिरीको सेयर मूल्य प्रतिकित्ता ९ सय ९० रुपैयाँ रहेको छ । चन्द्रगिरीको १ करोड ५३ लाख ४० हजार ९ सय १० कित्ता सेयर दोस्रो बजारमा सूचीकृत छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर