प्रारम्भिक सम्झौता नभइ मर्जरको सूचना सार्वजनिक गर्न नहुने (निर्देशिकासहित) – Nepal Press

प्रारम्भिक सम्झौता नभइ मर्जरको सूचना सार्वजनिक गर्न नहुने (निर्देशिकासहित)

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्जर तथा एक्विजिसनमा जाने सूचिकृत संगठित संस्थाले प्रारम्भिक सम्झौता नगरी सूचना सार्वजनिक गर्न नपाउने व्यवस्था गरेको छ ।

बोर्डले धितोपत्रमा दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने वा प्राप्ति प्रक्रियासम्बन्धी निर्देशिका २०७९ जारी गर्दै प्रारम्भिक सम्झौताअघि सूचना सार्वजनिक गर्न रोक लगाएको हो । संगठित संस्थाले प्ररम्भिक सम्झौता भएको छ महिनाभित्र मर्जरको सबै प्रक्रिया पूरा गर्नुपर्नेछ । मर्जरको प्रक्रिया सम्पन्न नगरे सञ्चालक जवाफदेही हुने निर्देशिकामा भनिएको छ ।

निर्देशिका लागू भएसँगै मर्जरका लागि कुनैपनि कम्पनीको सेयर कारोबार अधिकतम १५ दिनभन्दा बढी रोक्का गर्न पाइने छैन । यस्तै पुरानाको हकमा भने यो निर्देशिका प्रारम्भ हुनु अघिनै मर्जर प्रक्रियामा रहेका कम्पनीको सेयर कारोबार तत्काल खुलाउनु पर्ने व्यवस्था गरिएको छ ।

एकीकृत व्यवसायिक कारोबार गरेको मितिले गाभ्ने/गाभिने तथा प्राप्तिको हकमा संस्थाको सेयर मिलान, धितोपत्र पुन: दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि बढीमा १५ कार्य दिनसम्म सेयर कारोबार रोक्काका लागि कुनैपनि कम्पनीले धितोपत्र बजारमा निवेदन दिनुपर्ने निर्देशिकामा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर