ओलीको आग्रह : माओवादी साथीहरू फर्किनुस्, नेकपा एसको मंसिर ४ मा अवसान हुन्छ (भिडिओ) – Nepal Press

ओलीको आग्रह : माओवादी साथीहरू फर्किनुस्, नेकपा एसको मंसिर ४ मा अवसान हुन्छ (भिडिओ)

घण्टी बजाउँदै, लौरे टेक्दै आएकाहरुको भ्रममा नपर्नुस् : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका नेता कार्यकर्तालाई प्रचण्डको पछि नलाग्न आग्रह गरेका छन् ।

झापामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हिजो हामीले नेकपा बनाएका थियौँ । तपाईंहरु माओवादीको होइन नेकपाको हुनुहुन्छ । प्रचण्डको पछाडि भुलले लाग्नुभयो । फर्किनुस् ।’

उनले माधव नेपाल नेतृत्वको नेकपा एस भन्ने पार्टी नै नभएको टिप्पणी गरे । एमाले सिध्याउने खेलको अवसान मंसिर ४ गते हुने बताए । त्यस पार्टीमा अलमलिएर बसेको केही साथीहरुलाई एमालेमा फर्किन आग्रह गरे ।

कांग्रेससहित जसपा र लोसपासहित अरुका पछि नलाग्न आग्रह गरे । स्वतन्त्र हुँ भनेर घण्टी बजाउँदै, लौरो टेक्दै आएकाहरुको भ्रममा नपर्न आग्रह गरे ।

उनले रवि लामिछानेलाई संकेत गर्दै भने, ‘कोहीलाई पत्रकारिता गर्दागर्दा राजनीति गर्न मन लाग्छ । ठीकै छ उम्मेदवार भएका छन् । तर, उनलाई भोट दिएर के गर्ने ? त्यस्ता मान्छे यहाँ पनि आएका होलान् । मैले धेरै बुझेको पनि छैन । तिनीहरुले केही गर्न सक्दैनन् । उम्मेदवार हुन पाइन्छ । तर, गर्ने के ?’

 


प्रतिक्रिया

One thought on “ओलीको आग्रह : माओवादी साथीहरू फर्किनुस्, नेकपा एसको मंसिर ४ मा अवसान हुन्छ (भिडिओ)

  1. माओवादी र एसका सच्चा कम्युनिष्ट साथीहरूले बुझ्नुपर्छ कि ती पार्टी अब कम्युनिष्ट रहेनन् । सत्ताको लागि , विदेशीको इशारामा जे गर्न पनि तयार हुन्छन् ती । त्यसैले सच्चा कम्युनिष्ट साथीहरू एमालेमा फर्कने लहर शुरू भएको छ । बाँकी कमरेडहरू पनि एमालेमा फर्कनसहोस् ।एमालेलाई वास्तविक कम्युनिष्ट पार्टी बनाओै र य‍ो देशको मुहार फेरौं । गठबन्धन त हाटहुट् लाटलुट् गरेर कमाउने, अस्थिरता फैलाउने, आफन्त पोस्ने, पद्दती भत्काउने, पालैपालो प्रधानमन्त्री मन्त्री भनेर ढुकुटी लुटने, सरूवा बढुवाबाट कमाउन राज्ययन्त्रहरूलाई पङ्गु बनाउने, विदेशीको कठपुतली बन्ने र नेपाललाई उपनिवेष बनाउने मात्र हो । यसको पछि लाग्नु भनेको देश डुवाउनु मात्र हो । त्यसैले सच्चा नेपालीले गठबनधनको पछि लाग्नै मिल्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर