ओलीलाई देउवाको जवाफ : भूमि फिर्ता लिन दार्चुलामा होइन, भारतसँग बोल्न सक्नुपर्छ (भिडिओ) – Nepal Press

ओलीलाई देउवाको जवाफ : भूमि फिर्ता लिन दार्चुलामा होइन, भारतसँग बोल्न सक्नुपर्छ (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सीमा समस्या समाधान गर्नका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् ।
दार्चुलामा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भनेर संसदले बहुमतले पारित गरेको बताए ।

उनले भने, ‘यो भूमि फिर्ता लिनका लागि भारतसँग कुरा गर्नुपर्छ। सम्पूर्ण एक भएर वार्ता गरेर भूमि फिर्ता ल्याउनुर्छ । ओलीजीले यहाँ आएर बोलेर हुँदैन । भारतसँग कुरा गर्नसक्नुपर्छ। हामी कुटनीतिक रुपमा पहल गछौँ ।’

गठबन्धन अहिलेमात्रै नभएर पछिसम्म निरन्तर जाने बताए । गठबन्धन राष्ट्रिय आवश्यकता भएको उनको भनाइ छ ।


प्रतिक्रिया

2 thoughts on “ओलीलाई देउवाको जवाफ : भूमि फिर्ता लिन दार्चुलामा होइन, भारतसँग बोल्न सक्नुपर्छ (भिडिओ)

  1. लम्पसारवादीले अरूलाई भन्ने यत्ति त हो नि ।

  2. हाहा।। नाकाबन्दी र नक्सा जस्तो सिधै भारत सङ्ग जोडिएको मुद्दा मा तत्काल को अवस्थामा एउटा चुइक्क बोल्दैन अर्को चाहिँ मलाई सुरक्षाको खतरा छ बोल्न गार्हो छ भन्छ साइड लाग्छ। अनि अहिले उल्टै पो ओलि लाई। लाज को पसारो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर