सहकारीलाई मंसिर ४ सम्म साधारण सभा नगर्न वागमती सरकारको निर्देशन – Nepal Press

सहकारीलाई मंसिर ४ सम्म साधारण सभा नगर्न वागमती सरकारको निर्देशन

वागमती । वागमती प्रदेश सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मंसिर ४ सम्म सहकारी संघसंस्थालाई साधारणसभा नगर्न भन्दै सूचना जारी गरेको छ ।

मंसिर ४ गते चुनाव भएकाले त्यसअघि साधारणसभा गर्दा आचारसंहिता उल्लंघन हुनसक्ने रजिस्ट्रार नारायण ज्ञवालीले बताएका छन् ।

‘वागमती प्रदेशभित्र रहेका सहकारी संघसंस्थाले साधारणसभा गर्दा जनप्रतिनिधि, प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवार आमन्त्रण गर्ने गरेको बुझिन आएको र सो कार्यबाट निर्वाचन आचारसंहिता उल्लंघन हुने भएकाले ४ गतेसम्म कुनै पनि साधारणसभा गराउन पाइने छैन, सूचनामा भनिएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर