भोट माग्न जाँदा विरोध खतिवडामाथि हातपात – Nepal Press

भोट माग्न जाँदा विरोध खतिवडामाथि हातपात

हेटौँडा । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य एवं गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विरोध खतिवडालाई एक स्थानीयले हातपात गरेका छन् ।

पश्चिम मकवानपुरको मनहरी गाउँपालिका-४ मा भोट माग्न पुगेका खतिवडा आफ्नो गाडीबाट ओर्लनसाथ अन्दाजी ५० वर्षका पुरुषोत्तम खड्काले दुई झापड हानेको स्थानीयले बताएका छन् ।

उम्मेदवारमाथि हातपात भएपछि इलाका प्रहरी कार्यालय नेवारपानीले खड्कालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको बताए । उम्मेदवारमाथि अभद्र व्यवहार भो भन्ने थाहा पाएपछि खड्कालाई पक्राउ गरिएको उनले नेपाल प्रेसलाई  बताए । खड्का माओवादी केन्द्रका कार्यकर्ता रहेको बताइएको छ ।


प्रतिक्रिया

4 thoughts on “भोट माग्न जाँदा विरोध खतिवडामाथि हातपात

  1. भेटेछ त डाम्नाले,ठगबन्धन कै गोठालोबाट।

  2. कतै चर्चामा आउन आफैंले सिर्जना गरेको नाटक त होईन ?

    1. चर्चा कमाउन आफैले यस्ता यस्ता नाटक पनि मञ्चन गर्छन् कम्युनिष्टहरुले। त्यसैले कोही पनि नझुक्किनु होला, यसलाई पनि हरायरै छोड्नु होला आदरणीय मतदाताहरू।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर