रोल्पापछि रुकुमपूर्वमा कांग्रेसले पायाे प्रदेशसभा सीट – Nepal Press

रोल्पापछि रुकुमपूर्वमा कांग्रेसले पायाे प्रदेशसभा सीट

रुपन्देही । माओवादीको आधार इलाका मान्दै आएको लुम्बिनीको रोल्पा र रुकुमपूर्वमा नेपाली कांग्रेसले प्रदेशसभातर्फ दुई सीट पाएको छ ।

आइतबार भएको उम्मेदवारी दर्तामा दुवै जिल्लाबाट प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्यमा माओवादीले मनोनयन गरेको छ । दुई प्रदेशसभामा कांग्रेसले उम्मेदवारी मनोनयन गरेको हो ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वारेसनामामार्फत रोल्पाबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश १ मा माओवादी केन्द्रका जोखबहादुर महरा र २ मा काङ्ग्रेसका अमरसिंह पुनको उम्मेदवारी दर्ता भएको छ ।

रुकुमपूर्वमा संघतर्फ माओवादी केन्द्रका पूर्णबहादुर घर्ती, प्रदेश १ मा माओवादीका तेजबहादुर ओली र २ मा कांग्रेसका धनबहादुर केसीले उम्मेदवारी दर्ता गरेका छन् ।

घर्ती लुम्बिनी प्रदेशका निवर्तमन सभामुख हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर