बादल र अष्टलक्ष्मी चुनाव नलड्ने, काठमाडौं ८ र १० मा फेरिए एमाले उम्मेदवार – Nepal Press

बादल र अष्टलक्ष्मी चुनाव नलड्ने, काठमाडौं ८ र १० मा फेरिए एमाले उम्मेदवार

काठमाडौं । नेकपा एमालेका उपाध्यक्षद्वय रामबहादुर थापा बादल र अष्टलक्ष्मी शाक्यले चुनाव नलड्ने भएपछि काठमाडौं ८ र १० मा एमालेका उम्मेदवार परिवर्तन भएका छन् ।

काठमाडौं ८ मा अष्टलक्ष्मीकै सिफारिसमा शिवभक्त वैद्यलाई उम्मेदवार बनाइएको छ भने १० मा हिमेश केसी उम्मेदवार बनेका छन् ।

त्यस्तै काठमाडौं १ को प्रदेशसभाको उम्मेदवार पनि परिवर्तन गरेर रामप्रसाद अमगाईलाई टिकट दिइएको छ ।

यी हुन् काठमाडौंका १० क्षेत्रमा एमाले उम्मेदवार

१ः किरण पौडेल

२ः मणिराम फुयाल

३ः कृष्ण राई

४ः राजन भट्टराई

५ः ईश्वर पोखरेल

६ः सर्वेन्द्र खनाल

७ः श्याम घिमिरे

८ः शिवभक्त वैद्य

९ः कृष्णगोपाल श्रेष्ठ

१०ः हिमेश केसी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर