काठमाडौं ५ – नेकपा एसका उम्मेदवारको झगडा नसकिँदै कांग्रेसले खोस्यो टिकट – Nepal Press

काठमाडौं ५ – नेकपा एसका उम्मेदवारको झगडा नसकिँदै कांग्रेसले खोस्यो टिकट

काठमाडौं । गठबन्धनको सीट बाँडफाँटमा नेकपा एकीकृत समाजवादीले पाएको एउटा प्रदेशसभाका दुई आकांक्षीको झगडा नमिल्दै कांग्रेसले मनोनयन पत्र दर्ता गराएपछि किचलो शुरु भएको छ ।

काठमाडौंको क्षेत्र नं ५ को प्रदेशसभा (ख) मा एकीकृत समाजवादीको उम्मेदवारी टुंगो लागेको थियो । सो पार्टीका तर्फबाट बालकृष्ण श्रेष्ठ र दीपक केसीमध्ये कसलाई उम्मेदवार बनाउने भन्ने छलफलले झगडाको रुप लिएपछि केन्द्रबाट हस्तक्षेप गरी झगडा त मिल्यो । तर, उम्मेदवारी भने कांग्रेसले दियो ।

त्यहाँ केन्द्रले हस्तक्षेप गरी एकीकृत समाजवादीका बालकृष्ण श्रेष्ठको उम्मेदवारी टुंगो लगाएको थियो । तर, श्रेष्ठ निर्वाचन कार्यालय पुग्न नपाउँदै नेपाली कांग्रेसका श्याम खड्काले सोही मनोनयन दर्ता गराएका छन् ।

एकीकृत समाजवादीले तय गरेका उम्मेदवार श्रेष्ठ गत स्थानीय तह निर्वाचनमा बूढानीलकण्ठ नगरपालिकामा मेयरका प्रत्यासी थिए । उक्त प्रदेशसभामा उम्मेदवारीका लागि काठमाडौंको वडा नं ३ का पूर्ववडाध्यक्ष दीपक केसी र श्रेष्ठबीच शनिबार दिनभरि कुरा मिल्दा समस्या भएको थियो ।

अब एकीकृत समाजवादीले आफ्नो भागमा नपरे पनि काठमाडौंको क्षेत्र नं ६ को (क)मा अर्जुनलाल प्रधानलाई उम्मेदवार बनाउने तयारी गर्दैछ ।

उक्त पार्टीले पाएका प्रदेशसभा सदस्यमध्ये २ को (ख) मा भरत फुयाँल, ४ को (ख) मा कुसुम कुमार कार्की, ७ को (क) मा बसन्त मानन्धर र १० को (ख) मा रमा आले मगरको उम्मेदवारी तय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर