उम्मेदवारी दर्तापछि माधव नेपालले भने: गठबन्धनमा कुनै समस्या छैन (भिडिओ) – Nepal Press

उम्मेदवारी दर्तापछि माधव नेपालले भने: गठबन्धनमा कुनै समस्या छैन (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफूलाई रौतहटका जनताले जिताउने विश्वास व्यक्त गरेका छन् ।

उम्मेदवारी दर्तापछि नेपालले सञ्चारकर्मीसँग बोल्दै यसअघि निर्वाचनमा काठमाडौं रोज्दा रौतहट १ का जनताले तपाईं फर्किनुपर्छ भनेको स्मरण गरे ।

‘रौतहट १ म जन्मेको, पढेको, राजनीति सुरु गरेको ठाउँ हो । यसअघि काठमाडौं रोज्दा मलाई यहाँका जनताले तपाईं फेरि यहाँ आएर उठ्नुपर्छ भन्नुभएको थियो । त्यसैले आलोपालो गर्दै यसपटक रौतहट १ बाट उठ्न लागेको हो । जनताले मलाई विश्वास गर्नुहुनेछ भन्ने लागेको छ’, नेपालले भने ।

नेपालले गठबन्धनमा कुनै समस्या नरहेको दाबी गर्दै चुनावमा धोका नहुने आशय व्यक्त गरे । ‘हामीले उठाउनैपर्ने, सहमति गर्नैपर्ने भए पनि गठबन्धनले गर्दा कतिपय योग्य, जित्नसक्ने, सक्षमहरु छुट्नुभएको छ। तर, उहाँहरुको पार्टीप्रतिको आस्था र निष्ठा कायमै छ । गठबन्धनभित्र बलियो सहयोग रहनेछ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर