बाबुराम र नारायणकाजीलाई साथ लिएर गोरखा २ मा उम्मेदवारी दर्ता गर्दै प्रचण्ड – Nepal Press

बाबुराम र नारायणकाजीलाई साथ लिएर गोरखा २ मा उम्मेदवारी दर्ता गर्दै प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा पुगेका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवारी दर्ता गर्न प्रचण्ड गोरखा पुगेका हुन् ।

गोरखा २ बाट उम्मेदवारी दर्ता गर्न प्रचण्डले नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराई र माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई साथमा लगेका छन् ।

२०७४ सालको निर्वाचनमा प्रचण्डले चितवन ३ बाट चुनाव लडेका थिए । अहिले चितवनभन्दा सुरक्षित देखिएपछि प्रचण्डले गोरखा २ रोजेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर