प्रचण्ड र आफ्नो फोटो राख्दै बाबुरामले लेखे- शुभकामना – Nepal Press

प्रचण्ड र आफ्नो फोटो राख्दै बाबुरामले लेखे- शुभकामना

कैलाली । चितवन छोडेर गोरखा जादै गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जितको शुभकामना दिएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा प्रचण्ड र आफ्नो फोटो सार्वजनिक गर्दै गोरखा–२ जाने प्रचण्डको निर्णयलाई स्वागत समेत गरेका छन् । यो क्षेत्र भट्टराईको हो ।

‘मैले प्रतिनिधित्व गर्दै आएको गोरखा–२ बाट यसपटक क। पुष्पकमल दाहाल प्रचण्ड प्रत्यासी बन्ने निर्णयको म अन्तरहृृदयैदेखि स्वागत गर्दछु,’ उनले लेखेका छन्, ‘वर्तमान नेपाल राज्यको उद्गमथलो लिगलिगकोटसमेत रहेको यस क्षेत्रबाट उहाँको उमेदवारी निकै ठूलो सांकेतिक महत्वको छ । उहाँको शानदार विजयको हार्दिक शुभकामना !’


प्रतिक्रिया

One thought on “प्रचण्ड र आफ्नो फोटो राख्दै बाबुरामले लेखे- शुभकामना

  1. माओवादी प्रचण्डलाई केको स्वागत ? समाजवादी प्रचण्ड भए पो स्वागत गर्नु । सैद्वान्तिक विचलनको चरम नमूना । सबैतिर असफल भएपछि उहीँ माओवादीको शरणमा । फेरि अरूलाई बेलाबेलामा नैतिकताको पाठ पढाएको चाहिँ सुहायन । पाठ पढाउन बन्द गरौ र स्वयम् आत्माआलोचना गरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर