कुनै पार्टीसँग गठबन्धन हुँदैन : सीके राउत – Nepal Press

कुनै पार्टीसँग गठबन्धन हुँदैन : सीके राउत

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा‍ सीके राउतले आसन्न संसदीय निर्वाचनमा कुनै पार्टीसँग तालमेल वा गठबन्धन नगर्ने स्पष्ट पारेका छन् ।

अध्यक्ष डा. राउतले आफ्नो सचिवालयको पेजमार्फत चुनावमा तालमेल वा गठबन्धन नहुने स्पष्ट पारेका हुन् ।

उनले विरोधी पार्टीहरूले भ्रम फैलाएको भन्दै त्यस्तो भ्रमबाट सतर्क रहन नेता कार्यकर्तालाई अनुरोध गरेका छन् ।

उनले भनेका छन्, ‘भ्रममा नपरौँ । कुनै गठबन्धन वा तालमेल छैन । सबै ठाउँमा हाम्रो उम्मेदवार हुनेछ । आइतबार प्रमाणित हुने नै छ ।’ उनले मधेसका सबै स्थानमा उम्मेदवारी दिने पनि दाबी गरेका छन् ।

यसअघि सो पार्टीका नेताहरूले मधेसको मुद्दा बोकेका पार्टीहरूसँग चुनावी तालमेल गर्न सक्ने बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर