हामीले आफ्नै पार्टीभित्र विद्रोह गर्नुपर्ने बेला आएको छ: गगन थापा (भिडिओ) – Nepal Press

हामीले आफ्नै पार्टीभित्र विद्रोह गर्नुपर्ने बेला आएको छ: गगन थापा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र ठूलो शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको बताएका छन् ।

समानुपातिक निर्वाचनको बन्दसूची सच्याउन बेलुका पाँच बजेसम्म शेखर पक्षले देउवापक्षलाई अल्टिमेटम दिएको बेला महामन्त्री थापाले यस्तो बताएका हुन् ।

आज पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले आफ्नै पार्टीभित्र विद्रोह गर्नुपर्ने बेला आएको बताए ।

उनले भने, ‘पार्टीभित्र ठूलो शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको छ । आफ्नै पार्टीभित्र विद्रोह गर्नुपर्ने बेला आएको छ। पार्टीलाई ठीक ठाउँमा पुर्‍याउनुपर्ने बेला आएको छ । नभए त पार्टी त केवल सत्ताको हतियारमात्र हुनेभयो ।  केको लागि पार्टी बनाएको भन्दा त चुनाव जित्नमात्रै भयो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर