दशैंअघि सेयर कारोबार हुने आज अन्तिम दिन – Nepal Press

दशैंअघि सेयर कारोबार हुने आज अन्तिम दिन

काठमाडौं ।दशैंअघि सेयर कारोबार गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ ।शुक्रबार र शनिबार सेयर बजार बन्द रहने छ। त्यसपछि आइतबार, असोज २३ गते भने दशैंको विदा सुरु हुन्छ । यस कारण सेयर बजारका लगानीकर्ताले पनि भोलिबाट बिदा पाउनेछन् ।

दशैंमा सरकारले सार्वजनिक बिदा दिएकाले अब नेप्से करिब १ साताका लागि बन्द रहनेछ । त्यसैले, आज बिहीबार सेयर कारोबार गर्ने अन्तिम दिन रहेको छ । अब नेप्से असोज २३ गते आइतबारदेखि खुल्नेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर