बाबरी टिम दर्शकहरूसँग भेटघाटमा व्यस्त – Nepal Press

बाबरी टिम दर्शकहरूसँग भेटघाटमा व्यस्त

काठमाडौं । दसैंको छेको पारि असोज १४ मा रिलिज हुन लागेको सिनेमा ‘बाबरी’ले राजधानीमा दर्शकसँग भेटघाट गरेको छ । रिलिजको दुई दिन अगाडि नयाँ बसपार्कको लोत्से मल अगाडि टिमले भेटघाट गरेको थियो ।

दर्शकसँगको भेटघाटमा सिनेमाका मुख्य कलाकार धिरज मगर, अदिति बुढाथोकी र धिरज नाडकर उपस्थित थिए । डेब्यु अभिनेता धिरज नाडकरले नेपाली भाषा बोलेरै दर्शकलाई झुमाउन सफल भए ।

धिरज, अदिति र धिरजले सिनेमाका गीत ‘बाबरी रंग’ र ‘चुलबुल चुलबुल’मा नृत्य गर्दा दर्शकहरुले पनि साथ दिएका थिए । धिरज मगरको अटोग्राफका लागि युवतीहरुले गरेको तछाडमछाड हेर्न लायक थियो । अदितिलाई ‘आई लभ यु’ भन्ने दर्शकको पनि कमि थिएन ।

भेटघाटपछि मिडियासँगको वार्तामा अदितिले दर्शकको उत्साहले हौसला मिलेको बताइन ।

अभिनेताद्वय धिरजहरुले पनि सिनेमाप्रतिको दर्शक उत्साहले आफुहरुपनि उत्साहित बनेको बताए ।

सुरेन्द्र पौडेलको निर्देशनमा बनेको यस रोमान्टिक प्रेमकथाले बक्सअफिसमा राम्रो व्यापार गर्ने अनुमान गरिएको छ ।

सिनेमाको ट्रेलरमा दर्शकले देखाएको माया, हिट गीत ‘बाबरी रंग’, ‘चुलबुल चुलबुल’ र धिरज-अदितिको दोस्रो सिनेमा भएका कारण ‘बाबरीको चर्चा चुलिएको छ ।

सिनेमामा बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, धुर्व कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो ठुंगोनको पनि अभिनय छ ।

सिजन दाहाल, मनोज त्रिपाठी, रीत बोहरा र किशोर नेपालको लेखन रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, कालीप्रसाद बाँस्कोटा/सुजन चापागाईं/अनमोल गुरुङको संगीत र निर्देशक पौडेलको सम्पादन छ ।

बाबरी फिल्म्सको व्यानरमा निर्मित सिनेमामा गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीको निर्माण छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *