डेंगु संक्रमणबाट एकैदिन चार जनाको मृत्यु – Nepal Press

डेंगु संक्रमणबाट एकैदिन चार जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २ हजार २६ जना डेंगु संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएकासँगै गत साउन १ गतेदेखि नेपालमा २७ हजार ५६९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा डेंगुका कारण थप चार जनाको ज्यान गएको छ । यससँगै डेंगुबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

हाल सबैभन्दा बढी डेंगुका बिरामी बागमती प्रदेशमा रहेका छन् । बागमती प्रदेशमा २१ हजार ५८९ जना डेंगुका बिरामी भेटिसकेका छन् ।

गत साउन १ गतदेखि हालसम्म प्रदेश १ मा ८१५, मधेस प्रदेशमा ४०५, गण्डकी प्रदेशमा ६५३, लुम्बिनी प्रदेशमा ३ हजार ५०, कर्णाली प्रदेशमा २३६ र सुदूरपश्चिम प्रदेशमा ८२१ जना डेंगुका बिरामी भेटिएको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर