जसपाको काठमाडौं महानगर समिति अध्यक्षमा महर्जन – Nepal Press

जसपाको काठमाडौं महानगर समिति अध्यक्षमा महर्जन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले काठमाडौं महानगर समिति अध्यक्षमा सुरज महर्जनलाई चयन गरेको छ ।

जसपा काठमाडौं जिल्ला अध्यक्ष अजित पुतुवारले महर्जनको अध्यक्षतामा महानगरको नयाँ कार्य समिति बनाएको हो ।

जसपा काठमाडौं महानगर समितिका नव नियुक्त अध्यक्ष सुरज महर्जनले आफूहरूले उठाउँदै आएका मुद्दा बोकेर महानगरमा स्वतन्त्र उम्मेदवार विजयी भएको बताए ।

उनले आगामी पाँच वर्षपछि स्थानीय चुनावमा जनताका मुद्दामा साथ दिँदै काठमाडौं महानगरको मेयर जिताउने हैसियत बनाउने दाबी पनि गरे ।

सुरज महर्जन गैर न्यायिक सडक विस्तार विरुद्धको आन्दोलन, फास्ट ट्र्याकबाट भएको विस्थापन विरुद्धका आन्दोलनका प्रमुख नेतृत्वका साथै गुठी आन्दोलनका संगठन विभाग प्रमुख पनि हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर