काठमाडौंको तारकेश्वरमा सुनचाँदी व्यवसायी लुटिए – Nepal Press

काठमाडौंको तारकेश्वरमा सुनचाँदी व्यवसायी लुटिए

काठमाडौं । तारकेश्वर नगरपालिका- २ काभ्रेस्थली पदमसालमा एक सुनचाँदी व्यवसायी सोमबार साँझ लुटिएका छन् ।

पसल बन्द गरेर घर फर्कने क्रममा लुटेराको समूहले गोसाईकुण्ड सुनचाँदी पसलका सञ्चालकलाई कुटपिट गरेर २ तोला बराबरको सुनका गरगहना र ४५ हजार रुपैयाँ लुटेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

प्रहरीका अनुसार कुटपिटबाट घाइते भएका व्यवसायीलाई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो । उनको अहिले उपचार भइरहेको छ । घटनापछि फरार समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर