नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवको दोस्रो संस्करण मंसिरमा – Nepal Press

नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवको दोस्रो संस्करण मंसिरमा

काठमाडौं । दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव आयोजना हुने भएको छ ।

सामाजिक रूपान्तरणका लागि रंगमञ्चः विविधताको उत्सव नारासहित आगामी मंसिर ९ देखि १७ गतेसम्म महोत्सव आयोजना हुने भएको हो ।

महोत्सवमा नेपाल लगायत अमेरिका, बेलायत, रुस, स्पेन, इटाली, आर्मेनिया, अर्जेन्टिना, इजिप्ट, उरुग्वे, नाइजेरिया, बेलारुस, भारत, भुटान र श्रीलंकाबाट छानिएका नाट्य समूहले नाटक मञ्चन गर्ने आयोजक मण्डला थिएटरले जनाएको छ ।

यस्तै भारत, उरुग्वे, कम्बोडिया लगायत देशबाट आएका कलाकार र अभियन्ताहरूले कार्यशाला र तालिम सञ्चालन गर्नेछन् ।

महोत्सवमा देशभरिबाट छानिएका ५ नेपाली र १८ विदेशी नाटक गरी २३ नाटक मञ्चन हुने आयोजकले जनाएको छ ।

महोत्सवका लागि २२ देशका ८५ वटा नाटकहरू उपलब्ध भए पनि १६ मुलुकका २३ वटा नाटकमात्र छनोट गरिएको आयोजकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर