सुर्खेतको बराहतालमा नबिल बैंककाे शाखारहित बैंकिङ सेवा सुरु – Nepal Press

सुर्खेतको बराहतालमा नबिल बैंककाे शाखारहित बैंकिङ सेवा सुरु

काठमाडौं । नबिल बैंकले सुर्खेतको बराहताल गाउँपालिका- २ रानीघाटमा पहिलो शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । कार्यक्रमका प्रमुख अतिथि बराहताल गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारी तथा नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले संयुक्त रुपमा शाखारहित बैंकिङ सेवाका प्रतिनिधि मनोजकुमार थापालाई बीएलबी मेसिन र प्रमाणपत्र हस्तान्तरण गरेर सेवा सुरु गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि भण्डारीले शाखारहित बैंकिङ सेवाको लागि धन्यवाद ज्ञापन गर्दै कुनै पनि क्षेत्रको विकासको लागि वित्तीय पहुँच मुख्य आधारशीला भएको र यसका लागि गाउँपालिकाले बैंकसँग हरदम हातेमालो गर्ने बताए ।

बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत शाक्यले नबिल बैंकले बराहताल गाउँपालिकामा बैंकको पहिलो शाखारहित बैंकिङ सेवा सुरु गर्न पाउँदा आफू अत्यन्त खुसी भएको बताए ।

नबिल बैंक देशको हरेक ग्रामीण भेगमा वित्तीय पहुँच पुर्‍याउन हरदम तत्पर रहेको उनले जानकारी दिए ।

नबिल बैंकको शाखारहित बैंकिङ सेवामार्फत् खाता खोल्न अनुरोध गर्न, खातामा नगद जम्मा तथा भुक्तानी गर्न, रकमान्तर गर्न, ग्राहकको खातामा रहेको रकमको सोधपुछ साथै कारोबारको संक्षिप्त विवरण हेर्न, विप्रेषण भुक्तानी गर्न, कर्जा रकम भुक्तानी गर्न तथा किस्ता रकम जम्मा गर्न साथै विभिन्न सेवाहरुको भुक्तानी गर्न सकिनेछ ।

नबिलले दिगो बैंकिङ कार्यक्रमअन्तर्गत देशका विभिन्न ठाउँहरुमा वित्तीय पहुँच पुर्‍याउने र डिजिटाइजेशनलाई बढावा दिने उद्देश्यले शाखारहित बैंकिङ सेवा सुरु गरेको हो ।

यसका साथै नबिलले वीरेन्द्रनगर नगरपालिका सुर्खेतमा डिजिटल बैंकिङ तथा वित्तीय पहुच अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ ।

सरकारले अवलम्बन गरेको दिगो विकासको लक्ष्यलाई सघाउन २०७८ असार १५ गते धान दिवसको दिन नबिलले दिगो बैंकिङ सुरु गरेको हो । सुरुमा १७ वटा शाखाबाट सुरु गरिएको दिगो बैंकिङ १०० शाखामा विस्तार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर