स्वतन्त्र पार्टीबाट उम्मेदवारी घोषणा गरेकी माया गुरुङ जरिवाना नतिरे उम्मेदवार बन्न नपाउने – Nepal Press

स्वतन्त्र पार्टीबाट उम्मेदवारी घोषणा गरेकी माया गुरुङ जरिवाना नतिरे उम्मेदवार बन्न नपाउने

काठमाडौं । सगरमाथा आरोही माया गुरुङ निर्वाचन आयोगले तोकेको साढे ३ लाख जरिवाना नतिरे उम्मेदवार बन्न नपाउने भएकी छन् ।

आसन्न प्रतिनिधिसभा निर्वाचनमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेवार बन्ने घोषणा गरेकी गुरुङले स्थानीय तहको निर्वाचनको निर्वाचन खर्च विवरण पेश नगरेका कारण उम्मेदवारी दिनबाट बञ्चित हुने भएकी हुन् ।

गुरुङलले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिने घोषणा गरेकी हुन् । यद्यपि उनले उम्मेदवारी दिनु अघि नै साढे ३ लाख जरिवाना तिरेमा उम्मेदवार बन्न पाउने निर्वाचन आयोगले जनाएको छ ।

स्थानीय तहको निर्वाचनको खर्चको विवरण पेश नगरेर जरिवाना तोकिएका सबै उम्मेदवारले उम्मेदवारी दिनु अघि नै जरिवाना तिरेमा उम्मेदवारी दिन पाउने आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम शर्माले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार तोकिएको साढे ३ लाख जरिवाना नतिरे उनले आसन्न प्रनिनिधिसभाको मात्र नभएर अबको ६ वर्षसम्म कुनै पनि निर्वाचनमा सहभागि हुन नपाउने निर्वाचन आयोगले निर्णय गरिसकेको छ ।

यसअघि पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्षमा धारा चिन्ह लिएर उम्मेदवार बनेकी उनले ४१० मत पाएकी थिइन् ।

उक्त गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट निर्वाचित टासी लामा, क्रमस अध्यक्षकै उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टीका उदय सापकोटा, नेकपा (एकिकृत समााजवादी)का तेजबहादुर भुजेल, तामाङसालिन तोकताीन्त्रक पार्टीका देवीलाल तामाङ, नेकपा (माओवादी केन्द्र)का दोर्जे तामाङ, मंगोल नेशनल अर्गनाइजेसनका नेमाछिरिङ लामा, स्वतन्त्र उम्मेदवार मदन गुरुङ, मनबहादुर अधिकारीले पनि निर्वाचन खर्च विवरण पेश नगरेका कारण साढे ३ लाख जरिवाना तोकिएको छ ।

यो पनि

स्वतन्त्र उठेर गाउँपालिका अध्यक्ष पराजित आरोही माया स्वतन्त्र पार्टीबाट सांसद उम्मेदवार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर