स्वतन्त्र उठेर गाउँपालिका अध्यक्ष पराजित आरोही माया स्वतन्त्र पार्टीबाट सांसद उम्मेदवार – Nepal Press

स्वतन्त्र उठेर गाउँपालिका अध्यक्ष पराजित आरोही माया स्वतन्त्र पार्टीबाट सांसद उम्मेदवार

माया गुरुङको नारा–अरुलाई हेर्नुभयो पटकपटक,मायालाई हेर्नुस् एकपटक

काठमाडौं । सगरमाथा आरोही माया गुरुङले आसन्न प्रतिनिधिसभा निर्वाचनमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेवार बन्ने घोषणा गरेकी छन् ।

स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार बनेकी मायाले मंसिर ४ को निर्वाचनमा प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न लागेकी हुन् ।

उनी सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने भएकी हुन् । यसअघि पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्षमा धारा चिन्ह लिएर उम्मेदवार बनेकी उनले ४१० मत पाएकी थिइन् ।

सो पालिकामा नेकपा एमालेले अध्यक्ष,उपाध्यक्षसहित अधिकांश वडा जितेको थियो । आफ्नो उम्मेदवारी घोषणा गर्दै आरोही गुरुङले स्थानीय निर्वाचनबाट आफूले धेरै कुरा सिकेको र स्थानीय समुदायको चासो र सुझावका कारण फेरि चुनावमा उठ्न बाध्य भएको बताएकी छन् ।

उनले भनिन्, ‘पुरानै अनुहार,पुरानै एजेण्डा र पुरानै स्वार्थ समूहको सल्बलाहट तपाईहरुले धेर देखिसक्नुभएको छ । त्यसैले म अनुरोध गर्छ अरुलाई हेर्नुभयो पटकपटक,मायालाई हेर्नुस् एकपटक ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर