प्रेम गीत ३ : हिन्दी भर्सनमा पहिलो दिनको कमाई ९२ लाख भारु – Nepal Press

प्रेम गीत ३ : हिन्दी भर्सनमा पहिलो दिनको कमाई ९२ लाख भारु

काठमाडौं । अहिले चलचित्र प्रेम गीत ३ विश्वका विभिन्न सिनेमा हलमा रिलिज भएको छ ।

नेपालमा नेपाली भाषा र भारत लगायतका ठाउँमा हिन्दी भाषामा चलचित्र रिलिज भएको हो ।

हिन्दी भाषामा डब भएपछि रिलिजको समयमा निकै चर्चा विवाद उत्पन्न भएको चलचित्रले आसलाग्दो व्यापार गरिरहेको छ ।

हिन्दी संस्करणले भारतमा पहिलो दिन ९२ लाख रुपैयाँ कलेक्सन गरेको छ ।

भारतीय ट्रेड एनालिस्ट तरन आदर्शले भारतमा पहिलो दिन ९२ लाख भार (झन्डै डेढ करोड) रुपैयाँको व्यापार गर्न सफल भएको जानकारी दिए ।

भारतमा पनि सीमित शो मात्रै पाएको छ, प्रेम गीत ३ ले । तरपनि दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *