एपीएफका डीआईजी वंशीराज दाहाल एआईजी बढुवा सिफारिस – Nepal Press

एपीएफका डीआईजी वंशीराज दाहाल एआईजी बढुवा सिफारिस

काठमाडौं । सशस्त्र प्रहरीका डीआईजी वंशीराज दाहाल अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (क) बमोजिम बढुवा समितिको हिजोको बैठकले दाहाललाई बढुवाका लागि सिफारिस गरेको हो । उनी वरिष्ठतम डीआईजी हुन् । भर्खरै मात्र सरकारले सशस्त्र प्रहरीमा थप एक एआईजी दरबन्दी स्वीकृत गरेर कार्य तथा सीमा सुरक्षा विभागलाई अलग-अलग पारेको छ । सशस्त्रमा हाल ३ जना एआईजीको दरबन्दी छ ।

गृहमन्त्रालयले बढुवा सिफारिसउपर चित्त नबुझे ७ दिनको म्याद राखेर उजुरी दिन भनिएको छ ।

दाहालले २०५४ चैत १८ गते उनले नेपाल प्रहरीमा इन्सपेक्टरबाट सेवा सुरू गरेका हुन् । २०५८ सालमा एपीएफ स्थापना भएपछि उनी त्यहाँ पुगेका थिए । दाहाल वर्तमानआईजीपी राजु अर्यालका भर्ना ब्याची हुन् । एपीएफमा हाल रहेका दुई एआईजीमध्ये सीपी गौतमले २०८१ सालमा अवकाश पाउँदैछन् भने नारायणदत्त पौडेल आईजीपी अर्यालकै भर्ना ब्याची हुन् । सशस्त्र प्रहरीमा माथिल्लो तहमा दरबन्दी कम भएको भन्दै धेरै पहिलादेखि एआईजी दरबन्दी थपको चर्चा चलेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *