राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सत्ता निकट विद्यार्थी संगठनले गरे प्रदर्शन – Nepal Press

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सत्ता निकट विद्यार्थी संगठनले गरे प्रदर्शन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सत्तारूढ दलनिकट विद्यार्थी संगठनहरूले प्रदर्शन गरेका छन्।

गठबन्धनमा आवद्ध दलका युवा संगठनहरू आज बिहान माइतीघरमा राष्ट्रपति विरुद्ध नाराबाजी गर्दै प्रदर्शनमा गरेका हुन् ।
संयुक्त युवा संगठनको बुधबारको बैठकले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले गैरसंवैधानिक कदम चालेको ठहर गरेको थियो ।

राष्ट्रपति भण्डारीले तोकिएको समयसीमा १५ दिनसम्म नागरिकता विधेयक प्रमाणीकरण नगरेर निस्क्रिय पारिदिएपछि गठबन्धनको बैठकले ‘राष्ट्रपतिले संविधानको उल्लंघन गरेको’ निस्कर्ष निकालेको थियो ।

राष्ट्रपति भण्डारीले दुबै सदनबाट दुई दुई पटक पास गरेको नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि भण्डारीको विरोध भइरहेको छ ।

तस्बिर:  उमेश कार्की

 


प्रतिक्रिया

One thought on “राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सत्ता निकट विद्यार्थी संगठनले गरे प्रदर्शन

  1. पारीका पैसाले दैनिक ज्यालादारीमा काम गर्न सडकमा आएका हुन् । यी दलालका चम्चेहरूलाई जनताले सडकबाट कुनै दिन खेद्छन् अब ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर