‘प्रेमगीत ३’ विवादबारे हरिवंशको मध्यमार्गी विचार: सानाले ठूलालाई आदर र ठूलाले सानालाई माया गर्नुपर्छ – Nepal Press

‘प्रेमगीत ३’ विवादबारे हरिवंशको मध्यमार्गी विचार: सानाले ठूलालाई आदर र ठूलाले सानालाई माया गर्नुपर्छ

काठमाडौं । ‘प्रेमगीत ३’ लाई लिएर उत्पन्न विवादमा वरिष्ठ कलाकार हरिवंश आचार्यले पनि मुख खोलेका छन् । उनले मध्यमार्गी विचार राख्दै सानाले ठूलालाई आदर र ठूलाले सानालाई माया गर्नुपर्ने बताए ।

हरिवंश अभिनित चलचित्र ‘महापुरुष’को गीत रिलिज कार्यक्रममा उनलाई ‘प्रेमगीत ३’ सम्बन्धी विवादबारे प्रश्न सोधिएको थियो । जवाफमा उनले नेपालको जस्तो सानो चलचित्र उद्योगमा कसैले कसैसँग वैमनश्य राख्न नहुनेमा जोड दिए ।

आचार्यले भने, ‘हामी सानो उद्योगमा छौं । अर्बौंमा बनेका विदेशी चलचित्रसँग प्रतिस्पर्धा गरेर टिक्नुपरेको अवस्था छ । हामीले आफू–आफूमा वैमनश्यता नराखिकन ठूलाले सानालाई माया र सानाले ठूलालाई आदर गर्दै इन्डष्ट्रीलाई अगाडि लैजानुपर्छ ।’

चलचित्र विकास बोर्डले राति ११ बजे हल बन्द गर्ने भनी जारी गरेको सूचनाप्रति भने उनले असहमति जनाएका छन् । संसारभरि रात्रि जीवन फस्टाइरहेकाले नेपालमा पनि रात्रिकालीन व्यवसायलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ ।

‘अहिले देशमा हिंसा अन्त्य भएर शान्ति कायम भइसकेको छ । त्यसैले रात्रि जीवनको चहलपहल हुनैपर्छ । मेट्रोपोलिटनसिटीहरुको सुन्दरता भनेको रात्रि जीवन पनि हो,’ उनले भने ।

कुनै पनि नियम-कानून असंशोधनीय नहुने भन्दै उनले यो नियम पनि संशोधन गर्नुपर्नेमा जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर