कुलमानलाई सुकीर्तिमय राष्ट्रदीप सम्मान – Nepal Press

कुलमानलाई सुकीर्तिमय राष्ट्रदीप सम्मान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सुकीर्तिमय राष्ट्रदीपबाट सम्मान गरिने भएको छ ।

संविधान दिवसको अवसरमा सरकारको सिफारिस अनुसार ९९८ विभूषित हुने मन्धये घिसिङ उक्त पदकबाट विभूषित हुने भएका हुन् ।

घिसिङमाथि ‘उज्यालो नेपाल’ को अगुवाइको जस छ । देश १८ घण्टासम्मको लोडसेडिङबाट आक्रान्त भइरहेको बेला प्राधिकरणमा घिसिङको इन्ट्रिसँगै लोडसेडिङ अन्त्य भएको थियो ।

प्राधिकरणकै एघारौं तहका निर्देशक प्रवल अधिकारी पनि सुप्रवल जनसेवाश्री पदकबाट सम्मानित हुने भएका छन् ।

यस्तै प्राधिकरणका अर्का कर्मचारी जयराज भण्डारी पनि यही पदकबाट सम्मानित हुने भएका छन् । यता विद्युत विकास विभागका महानिर्देशक सन्दीपकुमार देव सुप्रवल जनसेवाश्री पदकबाट सम्मानित हुने भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *