सेनाले दसैंका लागि आफ्ना कर्मचारी र आश्रित परिवारलाई बस र हवाई मार्गबाट निःशुल्क पुर्‍याउने – Nepal Press

सेनाले दसैंका लागि आफ्ना कर्मचारी र आश्रित परिवारलाई बस र हवाई मार्गबाट निःशुल्क पुर्‍याउने

काठमाडौं । नेपाली सेनाले आफ्ना कर्मचारी र आश्रित परिवारलाई दसैंमा निःशुल्क घरसम्म पुर्‍याउने अभियान यो वर्ष पनि कायम राखेको छ ।

नेपाली सेनाका अनुसार भदौ २९ गतेदेखि सेना र उसका आश्रित परिवारलाई बस र हवाई मार्गबाट घर पुर्‍याउने काम भइरहेको छ । असोज १८ गतेसम्म यसलाई कायम राखिने नेपाली सेनाले जनाएको छ । हवाई उडानमार्फत पुर्‍याउने काम भदौ २९ गतेबाट सुरु भएको र सडकमार्फत असोज ४ गतेबाट सुरु हुने बताइएको छ ।

सैनिक मुख्यालयअनुसार सडक पुगेका ठाउँमा बसबाट र नपुगेका ठाउँमा हवाई मार्गबाट निशुल्क पु¥याइने छ । गत वर्ष सेनाले दसैंका लागि हवाई उडानमार्फत एक सय १२ र सडक मार्गबाट एक हजार ३ सय ४० सहित एक हजार ४ सय ५२ जना सेना तथा आश्रित परिवारलाई निशुल्क घर पुर्‍याएको थियाे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *