प्रचण्डको अभिव्यक्तिप्रति राजेन्द्र लिङ्देनको आपत्ति– मौलिक संस्कृति नेपालको विशिष्टता हो – Nepal Press

प्रचण्डको अभिव्यक्तिप्रति राजेन्द्र लिङ्देनको आपत्ति– मौलिक संस्कृति नेपालको विशिष्टता हो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

आज एक ट्वीट सार्वजनिक गदै उनले तेत्तीस कोटी देवी देवता, सनातन मान्यता र आस्थाको अवमूल्यन हुनेगरी प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।

‘मातापिता, गुरु, पाहुना र ढुंगालाई प्राण प्रतिष्ठा गरि भगवानका रुपमा पुज्ने मौलिक संस्कृति नेपालमा छ र यो नेपालको विशिष्टता हो,’ उनले लेखेका छन्, ‘तेत्तीस कोटी देवी देवता, सनातन मान्यता र आस्थाको अवमूल्यन हुने गरि प्रचण्डको अभिव्यक्ति आपत्तिजनक छ ।’

यसअघि प्रचण्डले नेपालमा तेत्तीस कोटी देवताको पूजा गर्ने संस्कार रहेको तर मान्छेलाई लात्तले हान्ने गरिएको भन्दै धर्मप्रति नकारात्मक अर्थ लाग्ने किसिमको विवादास्पद अभिव्यक्ति दिएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर