लौरोबाट गण्डकीमा १० जनाको उम्मेदवारी घोषणा (सूचीसहित) – Nepal Press

लौरोबाट गण्डकीमा १० जनाको उम्मेदवारी घोषणा (सूचीसहित)

पोखरा । स्वतन्त्रहरूको समूह लौरो अभियानले गण्डकी प्रदेशमा उम्मेदवारी घोषणा गरेको छ । शुक्रबार पोखरामा आयोजित एक कार्यक्रमका बीच गण्डकीका विभिन्न जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभामा गरी १० जनाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।

अभियानका संयोजक सुमन सायमी, रोहन कार्की, प्रवक्ता हरि कार्कीलगायतको उपस्थितिमा आयोजित कार्यक्रममा उनीहरूले पुरानो नेतृत्वको विकल्पमा आफूहरू रहेको दाबी गरे ।

प्रवक्ता हरि कार्कीले देशको परिवर्तनका लागि वैकल्पिक शक्ति एकजुट भएर लौरो अभियान बनेको बताए । ‘परिवर्तनप्रेमी वैकल्पिक तथा स्वतन्त्र शक्तिहरू एक ठाउँमा उभिएका छौं,’ उनले भने, ‘पूराना राजनीतिक पार्टीहरूलाई हेरि सक्नुभएको छ । अब हामीलाई हेर्नुस् ।’

संयोजक सुमन सायमीले अभियानले देशका पुराना शक्तिलाई विस्थापित गर्ने ठोकुवा गरे ।

आसन्न निर्वाचनमा स्वतन्त्रबाट लड्ने तयारीमा रहेका ‘लौरो’ का अभियन्ताले हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिने निर्णय गरिसकेका छन् ।

हेर्नुस्- गण्डकीबाट चुनाव लड्ने तयारीमा रहेका उम्मेदवारको सूची

प्रतिनिधिसभा

१) मुस्ताङ- राप्के गुरुङ
२) स्याङ्जा १- सोमबहादुर नेपाली
३) नवलपुर १ बाट तुल्सी भुसाल
४) तनहुँ २ विष्णु पराजुली

प्रदेशसभा

१) कास्की १ (क) – सुचेन्द्र परियार
२) कास्की ३ (क) – खेम तिमिल्सिना
३) स्याङ्जा १ (ख)- नरेन्द्रबहादुर थापा क्षेत्री
४) स्याङ्जा १ (क)- मकुल मियाँ
५) कास्की १ (ख)- महेश श्रेष्ठ
६) नवलपुर १ (क) – बद्री काफ्ले


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर