चोलेन्द्रलाई रोक्न गठबन्धन पक्षधर बार पदाधिकारी र वकिलहरु सर्वोच्चको गेटमा – Nepal Press

चोलेन्द्रलाई रोक्न गठबन्धन पक्षधर बार पदाधिकारी र वकिलहरु सर्वोच्चको गेटमा

काठमाडौं । गठबन्धन पक्षधर बार पदाधिकारी तथा वकिलहरु प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई रोक्न सर्वोच्च अदातल पुगेका छन् । उनीहरु राणालाई अदातल फर्किन नदिन सर्वोच्च गेटमै धर्ना बस्न लागेका हुन् ।

प्रतिनिधिसभाको आयु सकिएर संसद अधिवेशन अन्त्य भएसँँगै महाअभियोग प्रस्ताव निष्क्रिय भएपछि प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर जबरा सर्वोच्च अदालत फर्किन लागेका छन् । कामु प्रधानन्यायाधीश दिपक कुमार कार्की भने अदालत प्रवेश गरिसकेका छन् ।

सर्वोच्च परिसरमा सुरक्षाकर्मी बाक्लो परिचालन गरिएको छ । सरकारले राणालाई अदालत प्रवेश गर्न नदिने भएको छ ।

तस्बिर: उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर