बाढीले कञ्चनपुरमा बगायो झोलुङ्गे पुल
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2022/09/Jholunge-Pul.jpg)
कञ्चनपुर । कञ्चनपुरमा अविरल वर्षापछि आएको बाढीले झोलुङ्गे पुल बगाएको छ । बाढीले शुक्लाफाँटा नगरपालिका–१२ स्थित बनहरा नदीको झोलुङ्गे पुल बगाएको हो । सो पुलले तिलकी र देखतभूलीलाई जोडेको थियो ।
तीन वर्षअघि उक्त नदीमा झोलुङ्गे पुल निर्माण गरिएको हो । बाढीले पुल बगाएपछि स्थानीयलाई आवत जावत गर्न गाह्रो भएको छ । नदीको दुवैतर्फको आवागमन अहिले ठप्प रहेको स्थानीय लक्ष्मण चौधरीले जानकारी दिए । बाढीले सो क्षेत्रमा निरन्तर कटान गरिरहेको छ ।
बाढीले नदी किनारका बस्तीमा क्षति पु¥याएको छ । शुक्लाफाँटा–१२ मा बाढीले गाईवस्तुसमेत बगाएको छ । नदी किनारका वस्ती डुबानमा परेका छन् । बाढीका कारण कृष्णपुर, लालझाडी, बेलौरीलगायत क्षेत्रका वस्ती डुबानमा परेका छन् । रासस