सिन्धुपाल्चोक-२ को रणनीतिक सडकको शेर बहादुर तामाङद्वारा शिलान्यास – Nepal Press

सिन्धुपाल्चोक-२ को रणनीतिक सडकको शेर बहादुर तामाङद्वारा शिलान्यास

सिन्धुपाल्चोक । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री शेरबहादुर तामाङले निर्वाचन क्षेत्र रणनैतिक सडक भदौरे-सिन्धुधुसिनी-कटुन्जे-मेलम्ची-नवलपुर-चौतारा-नौबिसे (कालोपत्रे) सडक सिन्धुपाल्चोक २ सिलन्यास गरेका छन् ।

तामाङले शनिबार मेलम्ची नगरपालिकाको भदौरेमा आयोजित एक कार्यक्रमका बीच सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. २ को रणनीतिक सडकको शिलान्यास गरेका हुन् ।

देशभरका १६५ वडा निर्वाचन क्षेत्रमा बन्ने सडकमध्ये सिन्धुपाल्चोक २ मा यो सडक बन्न लागेको हो । सडक सन्जालको विस्तारसँगै स्थानीय कृषकको उत्पादित वस्तुले बजार पाउने भन्दै तामाङले अब उत्पादनमा केन्द्रित बन्न आग्रह गरे ।

२० करोड लगानीमा बन्न लागेको सो सडकको निर्माण कार्य आजबाट शुरु भएको हो । सडकको पहिलो चरणको ठेक्काबाट करिव १२ किलोमीटर सडक कालोपत्र हुनेछ । सो सडकले मेलम्ची नगरपालिकाका वडा नं ५, ११, १० इन्द्रावती गाउपालिका, चौतारा साँगाचोकगढी नगरपालिकाको नौबिसे छुनेछ ।

कमलजीत गणेश एण्ड गंगा आर ए जे भी निर्माण कम्पनीले निर्माणको जिम्मा पाएको यो सडक असफाल्ट र डिबिएम प्रविधिको कालोपत्रे हुनेछ । कार्यक्रममा मेलम्ची नगरपालिकाका पूर्वप्रमुख डम्बर अर्याल, उपप्रमुख उमा प्रधान, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर