भिभोले गर्‍यो वाई ३५ र वाई २२ दुई स्मार्टफोन सार्वजनिक, के छन् फिचर ? – Nepal Press

भिभोले गर्‍यो वाई ३५ र वाई २२ दुई स्मार्टफोन सार्वजनिक, के छन् फिचर ?

काठमाडौं । आज भिभोले वाई सिरिजका दुई नयाँ स्मार्टफोनहरू वाई ३५ र वाई २२ सार्वजनिक भएको छ । हालै सार्वजनिक भएका यी दुवै स्मार्टफोनले पनि फ्ल्यागशिप अनुभव प्रदान गर्नेछन् । स्टाइलिस तथा आकर्षक भिभोको नयाँ स्मार्टफोन वाई ३५ र वाई २२ पनि युवाहरूको रोजाइमा पर्ने स्मार्टफोन रहेको कम्पनीले बताएको छ ।

नयाँ स्मार्टफोन सार्वजनिक गर्दै भिभो नेपालका सीईओ माइकलले भने, ‘हाम्रो प्रसिद्ध वाई सिरिजका साथ भिभोले नेपाली युवाको आवश्यकतालाई निरन्तरता पूरा गर्दै आइरहेको छ । यसको विशेषताहरु र उचित मूल्य निर्धारणको कारण प्रयोगकर्ताहरुले वाई श्रृंखलालाई मन पराएका छन् । हामीले भिभो वाई ३५ र वाई २२ नेपालमा उपलब्ध गराएका छौं जसमा उत्कृष्ट र आकर्षक प्रविधिहरू समावेश छन् । हालै सार्वजनिक भएका यी स्मार्टफोनहरू ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राखेर बनाइएका छौं ।’

प्रयोगकर्ताहरूलाई थप सहज र निर्वाध अनुभवको लागि विस्तारित र्याम ३.० अर्थात ८ जीवी र्याममा थप ८ जीवीसम्म एक्सटेन्ड गर्न मिल्ने सुविधा छ । यी फोनानमा ५००० एमएएच ब्याट्री रहेको छ । यसको ५० एमपी ट्रिपल रियर क्यामेराले उत्कृष्ट क्यामेरा क्षमताहरू प्रदान गर्ने छ ।

दुबै वाई ३५ र वाई २२ मा वाई सिरिजका नयाँ स्मार्टफोनहरू हुन् । जुन मिनिमलिस्ट स्टाइलका छन् । २.५ डी कर्भेचरको साथमा फ्ल्याट फ्रेम डिजाइनले गर्दा स्मार्टफोनमा सुन्दरता थप्छ । यसका साथै, दुवै उपकरणहरूमा फेस वेक सुविधाको साथ साइड फिंगरप्रिन्ट स्क्यानर छ ।

वाई ३५ (८जीवी प्लस १२८जीवी) दुई ट्रेन्डी कलर भेरियन्ट, एगेट ब्ल्याक र डन गोल्ड कलरमा ३० अजार ९९९ मूल्य रहेको छ । त्यस्तै, वाई २२ मा ४ जीवी र्याम र ६४ जीवी रोम भएको वाई २२ स्टारलिट ब्लू र मेटाभर्स ग्रिन कलरमा रहेको छ । यसको मूल्य २२ हजार ९९९ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर