साफ महिला च्याम्पियनसिप सेमिफाइनल : भुटानविरुद्ध पहिलो हाफमा बंगलादेश ४-० गोलले अगाडि – Nepal Press

साफ महिला च्याम्पियनसिप सेमिफाइनल : भुटानविरुद्ध पहिलो हाफमा बंगलादेश ४-० गोलले अगाडि

काठमाडौं । नेपालमा जारी साफ महिला च्याम्पियनसिप फुटबलको पहिलो सेमिफाइनलमा अहिले बंगलादेश र भुटान भिडिरहेका छन् ।

दशरथ रंगशालामा भइरहेको खेलको पहिलो हाफ समाप्तीमा बंगलादेश ४-० गोलले अगाडि छ । बंगलादेशका जोहान सोप्न, सबिना खातुन, श्रीमोती कृष्णरानी चक्मा र रितु पोर्ण चक्माले एक एक गोल गरे। बंगलादेशले खेल सुरु भएको दोस्रो मिनेटमै अग्रता लिएको थियो ।

बंगलादेशले समूहगत चरणको अन्तिम खेलमा चारपटकको विजेता भारतलाई पराजित गर्दै समूह विजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो । शुक्रबार नै हुने अर्को सेमिफाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुने छ । यो खेल साढे ५ बजे सुरू हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर