विदेशबाट ल्याइएको मोबाइल सेट कसरी गर्ने दर्ता ? – Nepal Press

विदेशबाट ल्याइएको मोबाइल सेट कसरी गर्ने दर्ता ?

काठमाडौं । मोबाइल सेटहरुमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) आजबाट सुरु भएको छ । विदेशबाट अवैध र चोरी भएर आएका मोबाइलको आयात रोक्न यो सिस्टम लागू गरिएको हो । लामो समयदेखि एमडीएमएस लागू गर्ने भने पनि त्यो कार्यान्वयन भएको थिएन । आजदेखि नेपाल दूरसञ्चार प्राधिकरणले एमडीएमएस सुरु गरेको हो ।

एमडीएमएस लागु भएपछि अब नेपालमा भित्रिने सबै मोबाइल सेट अनिवार्य दर्ता गर्नुपर्नेछ । दर्ताविना मोबाइल सेट चल्नेछैन ।

यसअघि विदेशबाट ल्याइएका मोबाइल सेट स्वतः क्रियाशील हुने व्यवस्था थियो । अब भने अनिवार्य दर्ता गर्नुपर्नेछ । विदेशबाट कुनै व्यक्ति आउँदा वा कसैले उपहारमा ल्याइदिएको मोबाइल भने नेपाल दूरसञ्चार प्राधिकरण वेबसाइटमा गएर आईएमई नम्बर दर्ता गरेपछि मात्रै चल्नेछ ।

दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेले आईएमई नम्बर दर्ता गर्दा मोबाइल चल्ने बताए । उनले भने, ‘भन्सारमा कसरी ल्याउँछन त्यो हामीलाई थाहा हुँदैन । विदेशबाट नेपालीले ल्याएको वा कसैले उपहार पठाएको मोबाइलको आईएमई नम्बर दर्ता गरेपछि सेट चल्नेछ ।’

मोबाइल आयातकर्ता तथा बिक्रेताले प्राधिकरणको स्वीकृत लिई दर्ता गरेका मोबाइल सेटमात्रै चल्नेछन् । ग्राहकले मोबाइल किन्दा दर्ता भए नभएको यकिन गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

नेपालमा वैधभन्दा अवैध बाटो भएर धेरै मोबाइल सेट आयात भएको भन्दै मोबाइल आयातकर्ताहरुले चोरी निकासी रोक्न दबाब दिँदै आएका थिए ।

सरकारले ३ सय डलरभन्दा माथिको मोबाइल सेट आयातमा प्रतिबन्ध लगाएको छ । नेपाली बजार ती सेट पाइँदै आए पनि अब भने बन्द हुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर