कांग्रेस नेता भीमसेनदास प्रधानका भाइसहित को-को गरे एमाले प्रवेश ? (तस्बिर र सूचीसहित) – Nepal Press

कांग्रेस नेता भीमसेनदास प्रधानका भाइसहित को-को गरे एमाले प्रवेश ? (तस्बिर र सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य भीमसेनदास प्रधानका भाइ राजेन्द्र प्रधान एमालेमा प्रवेश गरेका छन् । बिहीबार एमाले केन्द्रीय कार्यालय च्यासल ललितपुरमा आयोजित कार्यक्रमबीच उनीसहितको समूह एमालेमा प्रवेश गरेको हो ।

उनीहरूलाई अध्यक्ष केपी ओलीलगायतका नेताहरूले पार्टीमा स्वागत गरे । प्रधानले भने आफू एमालेमा प्रवेश नभई पुनरागमन भएको बताए । २०५० सालमै आफू एमालेको विदेश विभाग सदस्य रहेको र त्यसबेला झलनाथ खनालले विनाकारण अपमान गरेका कारण पार्टीमा नरहेको बताए ।

नातामा भीमसेनदास प्रधानको भाइ भए पनि कम्युनिष्ट आन्दोलनमा आफू पूरानो रहेको बताए ।

सोही कार्यक्रममा माओवादी केन्द्रीय सदस्य तथा चितवन जिल्ला सहइन्चार्ज यमबहादुर परियार (इन्द्रजीत) लगायतको टोली पनि एमाले प्रवेश गरेका थिए ।

यी हुन् एमाले प्रवेश गर्नेहरू :

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर