बेपत्ता र सत्य निरुपण आयोगमा राष्ट्रिय मानव अधिकार टोलीले लियो वस्तुस्थितिबारे जानकारी – Nepal Press

बेपत्ता र सत्य निरुपण आयोगमा राष्ट्रिय मानव अधिकार टोलीले लियो वस्तुस्थितिबारे जानकारी

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको टोलीले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगमा स्थलगात अवलोकनपछि छलफल गरेको छ । आयोगका सदस्यद्वय डा. सूर्य ढुङ्गेल र मनोज दुवाडीसहितको टोलीले भदौ २७ गते बेपत्ता आयोग र भदौ २९ गते सत्य निरुपण आयोगको स्थलगत भ्रमणपछि छलफल गरेको हो ।

ती आयोगमा रहेका उजूरीको व्यवस्थापन, फाइल तथा कागजपत्रको सुरक्षा लगायतका वस्तुस्थितिको बारेमा जानकारी लिएको राष्ट्रिय मानव अधिकार आयोगका उपसचिव लोकनाथ बास्तोलाले जानकारी दिए ।

उनका अनुसार हाल ती आयोगमा पदाधिकारी नरहेको अवस्थामा दुवै आयोगका सचिव क्रमशः श्यामकुमार भट्टराई र तोयानाथ अधिकारीले उजूरीको अवस्था, त्यसको सुरक्षा तथा विगतमा नेपाल सरकारसमक्ष गरिएका सिफारिस र कार्यान्वयन अवस्थाको बारेमा आयोगको टोलीलाई जानकारी गराएका छन् ।

साथै, दुवै आयोग र राष्ट्रिय मानव अधिकार आयोगबीच सङ्क्रमणकालीन न्यायको कार्यलाई प्रभावकारी बनाउन आपसी समन्वय तथा सहयोग आदानप्रदानको कार्यलाई निरन्तरता दिने विषयमासमेत छलफल भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *