आगलागीपछि ब्युँतिएको ताप्लेजुङको दोभान बजार (फोटो फिचर) – Nepal Press

आगलागीपछि ब्युँतिएको ताप्लेजुङको दोभान बजार (फोटो फिचर)

ताप्लेजुङ । २०७७ फागुन १८ गते मंगलबार ताप्लेजुङको दोश्रो ठूलो बजार दोभानमा आगलागी भयो। आगलागी स्थानीय भोला पौडेलको घरको विद्युतीय सर्टबाट भएको थियो।

आगलागीबाट मेरिङ्देन गाउँपालिका-३ खाम्लुङका ४९ घर जलेर नष्ट भएका थिए। आगलागी भएको डेढ वर्षपछि अहिले दोभान बजारले लय समातेको स्थानीय बताउँछन् ।

एकातिर तमोर नदी र अर्कोतिर मेवा तथा मैवा खोला किनारमा रहेको दोभान साहसिक जल पर्यटन र्‍याफटिङ प्रस्थान बिन्दु हो। थुप्रै विदेशीहरु दोभानबाट सुनसरीको चतरासम्म तमोर नदीमा लामो दूरीको साहसिक जलबिहार गर्ने गर्छन् ।

दोभान ताप्लेजुङको तेह्रथुम सिमानामा रहेको चल्तिको बजार हो। यहि बजार हुँदै ७३.५ मेगावाट क्षमताको मध्य मेवा जलविद्युत आयोजना क्षेत्र समेत रहेको प्रदेश १ को चर्चित फुङफुङे (फङफङदेन)झरना पुगिन्छ । मदन भन्डारीको जन्मस्थान ढुङ्गेसाघु क्षेत्र जाने ताप्लेजुङको सडक ट्रान्जिट पनि दोभान बजार नै हो।

आगलागीले धेरै सताएर अहिले नयाँ स्वरुपको बजार बनेपछि स्थानीय सरकारले गर्नुपर्ने सहयोग नगरेको स्थानीय व्यापारी दावा शेर्पा बताउँछन् । उनी भन्छन्, ‘आगलागीले घरधनी र व्यापारी दुवै पीडित भएका छन् । स्थानीय सरकारले सुरुमा १५ हजार राहत दिएको बाहेक अरु सहयोगको कुनै जानकारी भएन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर