चिनियाँ नेता लीको सवारीले काठमाडौं र भक्तपुरका सडक दिनभर प्रभावित हुने – Nepal Press

चिनियाँ नेता लीको सवारीले काठमाडौं र भक्तपुरका सडक दिनभर प्रभावित हुने

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस अध्यक्ष तथा सभामुख ली चान्सुले आज पनि उच्चस्तरीय भेटवार्ता गर्दैछन् । उनी आज दिउँसो राष्ट्रपति विद्यादेवि भण्डारीसँग भेटवार्ता गर्दैछन् । बिहान ९ बजे चिनियाँ प्रतिनिधिमण्डलले भ्रमणका क्रममा भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुनःनिर्माण भएका संरचनाको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ ।

उनी उच्चस्तरीय भेटवार्तामा निस्कने क्रममाआज पनि उपत्यका विभिन्न ठाउँमा सवारी आगमन दिनभर प्रभावित हुने छ । उनी भक्तपुरस्थित दरबार क्षेत्रमा बिहान जाने भएकाले कोटेश्वर भक्तपुरको सडकमा सवारी आवागमन प्रभावित हुने भएको छ । हिजोपनि दिनभरजसो उपत्यकाको ट्राफिक अस्तव्यस्त बनेको थियो ।

भीभीआईपी सवारीको कारण विभिन्न ठाउँको सवारी आवागमन प्रभावित हुने भन्दै महानगरीय ट्राफिक महाशाखाले वैकल्पिक रुट प्रयोग गर्न आग्रह गरेको छ ।

आज बिहान ९ बजेको आसपासमा रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, माइतीघर, नयाँ बानेश्वर, कोटेश्वर, जडिबुटि, लोकन्थली, कौशलटार, गठ्ठाघर, नयाँ ठिमी, राधे राधे, सल्लाघारी, सैनिक आवासीय महाविघालय, जिल्ला अस्पताल, क्यान्सर अस्पताल, कालोपाटी, व्यासी, सिडियो कार्यालय देखि भक्तपुर दरवार स्क्वायर आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको छ ।

त्यस्तै साढे ३ बजेको आसपासमा सोल्टी होटल, कालिमाटी, टेकु, त्रिपुरेश्वर, नागस्थान, गोश्वारा हुलाक, महांकाल, भोटाहिटी, जमल, केशरमहल, लैनचौर, सांग्रिला होटेल, पानीपोखरी र शीलत निवास सम्मको सवारी आवागमन प्रभावित हुने भएको छ । उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गरी आफनो यात्रा सहज बनाउन चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *