पोखरामा तमुका पाहुना ओली, मायाको चिनोमा पिएसले दिए पुज्य (तस्बिरहरु) – Nepal Press

पोखरामा तमुका पाहुना ओली, मायाको चिनोमा पिएसले दिए पुज्य (तस्बिरहरु)

पोखरा । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुृरुङ पार्टीभित्र माधव नेपालसँगको होस् वा प्रचण्ड-माधव समूहसँगको विवादमा जहिले पनि केपी ओलीलाई बलियो आडभरोसा दिएका नेता हुन् । तर उनी केपी ओलीसँग असहमत कुरामा ठाड्ठाडै बाझ्ने नेता पनि हुन् ।

गण्डकी प्रदेशको मुख्यमन्त्री हुँदा उनले आफ्नै अध्यक्ष तथा प्रधानमन्त्री ओलीको पनि आलोचना गर्थे, विशेषगरी संघले प्रदेशलाई अधिकार दिने सन्दर्भमा कन्जुस्याई गरेको भनेर । पार्टीमा प्रभाव बढाउँदै गएका र जनता तथा कार्यकर्तामा लोकप्रिय समेत बनिरहेका गुरुङका लागि लम्जुङमा प्रतिनिधिसभाको टिकटले जतिबेलै स्वागत गरिरहेकै छ ।

तर गुरुङ आफूले अघि सारेका र अहिले अलपत्र परेका प्रदेश समृद्धिका योजना पूरा गर्न भन्दै पुनः मुख्यमन्त्रीको दाबेदार बनेका छन् । उनले आफू प्रदेशसभामा सिफारिस भएर जमिन्द्रमान घलेलाई प्रतिनिधिसभाको उम्मेदवारमा अघि सार्न खोजेका छन् । कतिपयले ओली र गुरुङबीच दूरी बढाउन खोजिरहेका बेला मंगलबार गण्डकीको राजधानी पोखरामा उनले अध्यक्ष ओलीको भव्य स्वागत गरे ।

तमु गुरुङहरुको मूलथलो गण्डकीमा आयोजित एमाले निकट लोकतान्त्रिक तमु संघको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न पुगेका ओलीलाई गुरुङले मायाको चिनो पुज्य (गुरुङ भाषामा पुज्य पनि भनिन्छ, रक्सी खाने भाँडो) दिएर स्वागत गरे ।

सो अवसरमा विभिन्न दलबाट एमाले प्रवेश गर्नेहरुलाई पनि ओलीले स्वागत गरे भने तमु गुरुङ समुदायका झाँकीहरु समेत देखाइएका थिए ।

हेर्नुस् तस्बिरहरुः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर