नेप्से २१ अंकले बढ्यो, बोटलर्स नेपालको मूल्यमा सर्किट – Nepal Press

नेप्से २१ अंकले बढ्यो, बोटलर्स नेपालको मूल्यमा सर्किट

काठमाडौं । मंगलबार नेप्से सूचक २१.३० अंकले बढेर १९३४.०४ विन्दुमा पुगेको छ । सबै समूहका सूचकमा हरियाली छाएको छ । ९२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३२ सय विन्दु पुगेको नेप्से यसअघि घटेर १८०७ विन्दुसम्म झरेको थियो । फेरि केही बढेर १९ सयको विन्दुमा आएको छ ।

आजको दिन २३१ कम्पनीको ३१ लाख ४६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ५ करोड ९४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नबिल बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः रिडी पावर र हिमालयन एभरेष्ट इन्सुरेन्स परेका छन् ।

आज बोटलर्स नेपालको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसको सेयर मूल्य १९४ विन्दुले बढेर २ हजार १ सय ३६ रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर