मर्जर प्रस्ताव पारित गर्न दुई बीमा कम्पनीले बोलाए साधारणसभा – Nepal Press

मर्जर प्रस्ताव पारित गर्न दुई बीमा कम्पनीले बोलाए साधारणसभा

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीले मर्जरको प्रस्तावसहित विशेष साधारणसभा बोलाएको छ ।

यी कम्पनीले असोज ११ गते लाई विशेष साधारणसभा बोलाएको हो । जनरल इन्स्योरेन्सले अमृतभोग, कालिकास्थानमा बिहान ११ बजे विशेष साधारणसभा बोलाएको छ भने सानिमा जनरल इन्स्योरेन्सले कुण्डलीन दरबार, चण्डोलमा बिहान ११ बजे नै विशेष साधारणसभा राखेको छ ।

दुवै संस्थाको विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गर्नेछ । मर्जरपश्चात बन्ने कम्पनीको नाम सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेड राख्ने प्रस्ताव गरिएको छ । त्यस्तै एक बराबर एकको स्वापमा मर्ज हुने प्रस्ताव सभामा लगिँदैछ । हाल दुवै कम्पनीको चुक्तापूँजी १ अर्ब रहेको छ ।

मर्जरपश्चात् बन्ने कम्पनीको चुक्तापूँजी २ अर्ब हुनेछ । निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड चुक्तापूँजी कायम गर्नुपर्ने व्यवस्था छ । यस अनुसार सानिमा जीआईसी इन्स्योरेन्सलाई थप ५० करोड आवश्यक पर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर