देशभर बिहानैदेखि मौसममा बदली, लुम्बिनी र गण्डकीमा मेघ गर्जन र चट्याङसहित वर्षाकाे सम्भावना – Nepal Press

देशभर बिहानैदेखि मौसममा बदली, लुम्बिनी र गण्डकीमा मेघ गर्जन र चट्याङसहित वर्षाकाे सम्भावना

काठमाडौं । देशभर शनिबार बिहानैदेखि मौसममा आंशिकदेखि सामान्य बदली भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

बाँकी प्रदेशका एकदुई स्थानमा समेत हल्का वर्षा भइरहेको विभागले जनाएको छ। काठमाडौं उपत्यकामा समेत शनिबार बिहानैदेखि हल्का वर्षा भइरहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भूभागका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भूभागका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् । लुम्बिनी र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

उनीहरुले लुम्बिनी र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले वर्षा हुने पहाडी भूभागहरूमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *